राप्रपाका सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्रको उभिएको पार्टीमा भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाले मारकाटवाला हिन्दु राष्ट्र नचाहेको बताए ।
उनले भने, ‘सबै धर्मलाई सद्भाव देखाएर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली छौँ। विश्वमा सबैको राष्ट्रहरू छ । अब क्रिश्चियनको छ, बुद्धको छ, सबै धर्महरूको राष्ट्र छ । डेढ अरब हिन्दुहरूको राष्ट्र छैन। म मुस्लिमको छोरा भएर म हिन्दू राष्ट्रकै पार्टीमा छु र यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन ।’ उनले सबै मिलेर जाने र एउटा पहिचानको लागि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र मागेको बताए ।