काठमाडाैँ । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्री संसदीय दलका नेता नफेर्ने भएकाे छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहित शुक्रबार बेलुका बागमती प्रदेशका सीमित नेताहरुसँग छलफल गरी संसदीय दलका नेता नफेर्ने निर्णयमा पुगेका हुन् । संसदीय दलका नेता जगन्नाथ थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय भएकाे छ ।