सिराहा । सुनसरीको घटनालाई लिएर सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबिच ८ बुँदे सहमति भएको छ ।
परिवारले अघि सारेका ५ बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै ८ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि सञ्चारकर्मीसँग बताएका हुन् ।
