काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व स्वास्थ्य विज्ञ सल्लाहकार डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त भएका छन्। बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
अध्यक्ष छनोटका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि डा. प्याकुरेल नियुक्त भएका हुन्। उनको नियुक्तिलाई लिएर मेरिटोक्रेसीको नारा दिएको रास्वपाले आफ्नै निकट व्यक्तिलाई प्राथमिकता दिएको भन्दै आलोचना समेत भइरहेको छ।
हाल स्वास्थ्य बीमा कार्यक्रम गम्भीर चुनौतीमा रहेको छ। बोर्डका अनुसार झण्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण नगरेका छन् भने करिब ४० प्रतिशत बीमितले नवीकरण गरेका छैनन्। नवनियुक्त अध्यक्ष प्याकुरेलसामु बीमा नवीकरण बढाउने, सेवाको दायरा विस्तार गर्ने र स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास पुनः स्थापित गर्ने मुख्य चुनौती रहेको छ।