मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् ।हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रकलाई सोमबार बिहान ७:४५ बजेतिर बाढीले बगाएको हो । उनका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।