गायक हिमाल सागर र गायिका एलिना चौहानको आवाजमा ‘ताकधिन् ताकधिन् (मोहोनी लगायौ)’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार नृपेश उप्रेतीले रचना र कम्पोज रहेको गीतमा हिमाल र एलिनाले पहिलोपटक सहकार्य गरेका हुन् । गीतको म्युजिक भिडिओ शक्तिप्रज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्।
गीतको भिडिओमा चर्चित मोडलहरू स्मारिका ढकाल र प्रभात पल ठकुरीले अभिनय र नृत्य देख्न सकिन्छ । राजेश घिमिरेको छायांकन तथा प्रवीण थापाको नृत्य निर्देशन रहेको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।