प्रधानमन्त्री वालेन्द्र शाह
नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको
छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार
सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् ।
मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको
पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चुनावी बाचापत्र उल्लेख भएबमोजिम
मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले
मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने
अनुमान गरिएको बताए ।
यसैगरी उनले अन्य संरचनाहरु खारेजी र
समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड
युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक
सन्देश गएको बताए ।
·