अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकपको इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनी विश्वकपका लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । मेसीको लगातार गोल गर्ने यात्रा सन् २०२२ को विश्वकपबाट सुरु भएको थियो ।
उनले अष्ट्रेलियाविरुद्ध गोल गर्दै शृंखला प्रारम्भ गरेका थिए । त्यसपछि नेदरल्यान्ड्सविरुद्ध एक गोल र एक असिस्ट, क्रोएसियाविरुद्ध एक गोल र एक असिस्ट तथा फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए ।
सन् २०२६ विश्वकपमा पनि उनको उत्कृष्ट लय कायम रह्यो । उनले अल्जेरियाविरुद्ध ह्याट्रिक, अष्ट्रियाविरुद्ध दुई गोल, जोर्डनविरुद्ध एक गोल र केप भर्डेविरुद्ध थप एक गोल गर्दै लगातार ८ विश्वकप खेलमा गोल गर्ने दुर्लभ उपलब्धि हासिल गरे । मेसीले विश्वकपमा आफ्नो व्यक्तिगत गोलसंख्या कुल २० पुर्याएका छन् ।