त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै आंगीक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का संरचना हटाउन निर्देशन दिएपछि कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले यस्तो निर्देशन तुरुन्त स्थगित गर्न माग गरेको हो। ‘संघ त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयलाई संविधानको पालना गर्दै सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशको तत्काल सम्मान गर्न र यो विवादित पत्र एवं निर्देशनलाई तुरुन्त स्थगित गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
विश्वविद्यालयहरूमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचनामाथि फेरबदल गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरी उक्त कार्यलाई यथास्थितिमा राख्न स्पष्ट रोक लगाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।