काठमाडौँका ११ वटा स्थानीय तह मध्येको एक टोखा नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि भौतिक पूर्वाधारको क्षेत्रमा आमूल परिवर्तन भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सम्पदाका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा सबै काम अगाडि बढेका हुन् । निडर, जुजारु व्यक्ति, कुशल नेतृत्व कर्ता र सरल स्वभाव भएका अधिकारीसँग गरिएको कुराकानीको सार संक्षेप
छ वर्ष अगाडि र अहिले टोखाको पूर्वाधार विकासमा कतिको परिवर्तन भएको छ ?
टोखाबासीको सद्भाव स्थानीयको मायाले गर्दा नगरपालिकाले पूर्वधार विकासमा अपेक्षाकृत सफलता हासिल गर्न सफल भएको हो । पहिला छ वर्ष अगाडि हामी निर्वाचित भएर आउँदा नगरपालिका क्षेत्रको भौतिक पूर्वाधारको अवस्था असाध्यै अप्ठ्यारो अवस्थामा थियो । हामी निर्वाचित भएर नगरपालिकामा आएपछि अहिले पूर्वाधार विकासमा नमूनाकै काम भएको छ । पहिला हिलाम्य र धुलाम्य बाटाहरुमा हाम्रा दाजुभाइ दिदीबहिनीहरु हिँड्नुपर्ने बाध्यता थियो । पहिला जिर्ण अवस्थाका बाटोहरुमा जुध्नुपर्ने अवस्था थियो । उहाँहरुले मलाई छ वर्ष अगाडि आफनो मत मार्फत नगर प्रमुखमा निर्वाचित गरेर पठाएपछि अहिले नगरपालिकामा पूर्वाधार विकासमा छलाङ्ग मारेको छ यो टोखा नगरपालिकाको सबै भन्दा महत्वपूर्ण उपलब्धि भएको नगर बासीले अनुभूती गरेका छन् ।
पूर्वाधार विकासका काममा स्थानीय नागरिकसँग कसरी सहकार्य गर्ने गरिएको छ ?
नगरपालिकाको समृद्ध यात्रालाई पूरा गर्न स्थानीय नागरिकसँगै प्रत्यक्ष छलफल, सल्लाह गरेर अगाडि बढने गरिएको छ । विभन्नि साहित्य कार्यक्रम, विकास, कृषि शिक्षा स्वास्थ्यसँग सम्बन्धीत विज्ञसँग छलफल गरी सोही अनुसारको नीति र योजना तर्जुमा गरी नगरपालिकाले काम गरिरहेको छ । अधिकांश स्थानीयको पहिलो रोजाइ नै अस्तव्वस्थ भएका सडक बन्नुपर्छ भन्ने थियो । एउटा वडामा कम्तिमा ५० वटा सडकहरु थिए । सबै सडक जिर्ण थिए । त्यसलाई कसरी निर्माण गर्ने भन्ने थियो । त्यसमा नागरिकको सुझावलाई मध्यनजर गरी तीन किसिमको परियोजना अगाडि सारेका छौ अहिले सोही योजना अनुसार नगरपालिकाको मुहार नै परिवर्तन भएको छ । । गत पाँच वर्षमा शुरु गरेका काम अहिले सम्पन्न भएका छन् भने कतिपय सम्पन्न हुने चरणमा छ । अबको एक दुई वर्षमा नगरपालिका सबै भौतिक पूर्वाधारको काम सम्पन्न हुन्छ र बाँकी समय नगरबासीको समृद्धि योजना पूरा गर्ने हो ।
नगरपालिकाले सामाजिक विकासका क्षेत्रमा गरेका काम के के हुन् ?
भौतिक विकासँगै सामाजिक विकासका पनि माग छन् । हामीले भौतिक विकासँगै अहिले सामाजिक विकासलाई पनि उच्च प्राथमिकता दिएर काम गरिरहेका छौं । हामीले खास गरी शिक्षा र स्वास्थ्यमा फोकस गरेर काम गरेका छौं । शिक्षामा संख्यात्मक र गुणात्मक वृद्धि गर्ने काम काम गरिरहेका छौं नगरपालिकाका सबै विद्यालयमा समय सापेक्ष र जीवन उपयोगी शिक्षा दिने काम नगरपालिकाले गरेको गरिरहेको छ । निजी र साुमदायिक विद्यँलयको अनुभव शेयर गरेर काम गर्ने योजना बनाइ कार्यान्वयन गरिरहेका छौं । समय समयमा निजी र सामुदायिक विद्यालयबीच अन्तक्रिर्या गरी पठनपाठनको अनुभव आदानप्रदान गर्ने काम गरेका छौं । अहिले नगरपालिकालाई नै शत प्रतिशत साक्षरता बनाउने योजना छ । कुनै पनि बालबालिका आर्थिक कारणले पढ्न नपाए नगपालिकाले जिम्मेवारी लिएको छ । यसले धेरै बालबालिकाले पढ्न पाएको छन् । सामुदायिक विद्यालयमा सबै वर्ग र समुदायका विद्यार्थी पढ्ने भएकाले नगरपालिकाका सामुदायिक विद्यालयलाई रोड मोडेलको रुपमा स्थापित गर्न काम गरिरहेका छौं ।
स्वास्थ्यका क्षेत्रमा केके काम भए ?
उपमेयरसँग बालबालिका स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ । अहिले स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरि काम गरिरहेका छौं । रोग लाग्नु भन्दा रोग लाग्न नै नदिने गरी नगरपालिकाको नीति बनाइ कार्यान्वयन गरिहेको छ । मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौं । ज्येठ नागरिक लागि सुगर पेसरको औषधी किन्न नपर्ने व्यवस्था गरी निशुल्क औषधी वितरण गर्ने गरेका छौं । जहाँ भवन बनेको छन् त्यहाँ स्वास्थ्य शाखा निर्माण गर्ने भवन नभएका ठाउँमा भवन निर्माण गर्ने लक्ष्य लिइ काम गरिरहेका छौं । मेयर दीर्घायु कार्यक्रम सुरु गरी काम भइरहेको छ । यस कार्यक्रमका लागि नगरपालिकाले कार्यविधि निर्माण गरी काम गरिरहेको छ । यस कार्यक्रमले हजारौंले नागरिकले स्वास्थ्य लाभ लिइ रहेका छन् ।
विष्णुमती करिडोर निर्माणको काम कहाँ पुगेको छ ?
नगरपालिकाले करिडोर निर्माण गर्ने काम गरिरहेको छ । समय समयमा हामीले अनुगमन गरेका छौं । हामी जनताको सेवाका लागि आएकाले सेवा गर्न सधै तयार छौं भन्ने मान्यतका साथ हरेक योजना र कार्यक्रमको समय समयमा अनुगमन गर्ने गरी आम नागरिक समुदायको फिड ब्याक समेत स्थलगत रुपमा गएर बुझ्ने गरेका छौं