काठमाडौँ । औषधी आपूर्ति र व्यवस्थापनमा देखिएका असहजता अन्त्यका लागि सरकारले चार निर्णय गरेको छ । औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच बुधबार भएको छलफलबाट औषधी आपूर्ति सहज बनाउन ४ निर्णय गरेको हो ।
निर्णय यस्ता छन्:
-आपूर्ति तथा व्यवस्थापन (क्यान्सर विरुद्धको औषधीलगायत) इम्युनोसप्रेसेन्टका विषयमा विभिन्न माध्यमबाट प्राप्त गुनासा र सोको वास्तविक अवस्था, सोको समाधानका उपायलागयतका विषयमा छलफल गरिएको हाे।
-औषधी आपूर्तिको अनुमति प्राप्त गरेकाहरूले आपूर्ति नगरेमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा सबै प्रकारका विकल्पमाथि छलफल गरिएको छ।
-लाइभ सेभिङ ड्रग्स आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, लाइभ सेभिङ ड्रग्सको गत ३ वर्षको आयातको मात्रा, ती औषधीको हरेक वर्षमा खपत हुने मात्राको विवरण र यस्तो औषधी आपूर्तिका लागि अनुमति माग गरी पेस हुन आएका आपूर्तिकर्ताहरूको निवेदनको विवरण उपलब्ध गराउन औषधी व्यवस्था विभागलाई निर्देशन दिइएको छ।
-औषधी व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयरको सुधार तथा क्षमता विस्तार, वेबसाइटको विवरण नियमित अद्यावधिक गर्नेलगायत विषयमा छलफल केन्द्रित भएको छ।