काठमाडौँ । नेकपा एमाले सिन्धु-काठमाण्डौ सम्पर्क कमिटीको आयोजनामा १९ औं गणतन्त्र दिवसको पावन अवसर पारेर आज राजधानीमा एक वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । "रक्तदान-जीवनदान" भन्ने पवित्र भावनाका साथ आयोजित उक्त कार्यक्रममा युवा, बुद्धिजीवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि अमृतकुमार बोहरा थिए ।
सम्पर्क कमिटीका पदाधिकारी, पार्टी नेता तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा सुरु भएको उक्त कार्यक्रममा कुल ६९ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय अस्पतालहरूमा देखिएको रगतको अभावलाई केही हदसम्म कम गर्न र गणतन्त्र दिवसलाई रचनात्मक एवं मानवीय सेवाको कार्य गरेर मनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कमिटीका उपाध्यक्ष मदन चालिसेले बताए ।
कार्यक्रम बारे थापा प्रकाश पार्दै कमिटीकाका उपाध्यक्ष राधा सापकोटा भन्छिन गणतन्त्र केवल राजनीतिक परिवर्तन मात्र नभएर जनताको सुख-दुःख र स्वास्थ्यसँग जोडिएको व्यवस्था पनि हो भन्ने सन्देश प्रवाह गर्न यो सामाजिक कार्य गरिएको हो । रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई कमिटीका तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।