काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ
स्मार्टफोन साओमी 17T(१७ टी) को प्रि–अर्डर खुला गरेको छ
। आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित
यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो ।
क्यामेरा तथा फोटोग्राफी : साओमी 17T(१७ टी) मा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसमा ५०
मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका
अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइ र उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्छ । यस
स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा
उपलब्ध छ, जसले उच्च रिजोल्युसनका तस्बिर तथा
उत्कृष्ट भिडियो रेकर्डिङ अनुभव दिन्छ ।
डिजाइन तथा डिस्प्ले : साओमी 17T(१७ टी) मा ६.५९ इन्चको १.५ के एमोलेड डिस्प्ले रहेको छ, जसमा अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले
बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ । यसमा साओमी भिजन केयर, ३८४० हर्ज पीडब्लुएम डिमिङ तथा डीसी डिमिङ जस्ता
आँखाको सुरक्षासम्बन्धी विशेषता समावेश छन् । १२० हर्ज रिफ्रेस रेटले फोनको
प्रदर्शनलाई अझ स्मुथ बनाउँछ । करीब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी६८
प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहन्छ ।
ब्याट्री तथा प्रदर्शन : ६५०० एमएएच क्षमताको ब्याट्री रहेको साओमी 17T(१७ टी) ले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड
रिभर्स चार्जिङ सपोर्ट गर्छ । यसमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा
फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ, जसले शक्तिशाली प्रदर्शन प्रदान गर्छ । साओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ
सिस्टमले गेमिङ तथा लाइभ स्ट्रिमिङ जस्ता भारी प्रयोगका समयमा फोनलाई चिसो राख्न र
स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्छ ।
अडियो तथा कनेक्टिभिटी M डुअल स्टेरियो
स्पिकरसहित साओमी 17T(१७ टी) ले उत्कृष्ट अडियो अनुभव
प्रदान गर्छ । यस स्मार्टफोनले वाइफाइ 6E(६ ई) डुअल सिम तथा एनएफसी सपोर्ट गर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमता तथा प्रयोगको लचकता अझ राम्रो बनाउँछ ।
उपलब्धता : साओमी 17T(१७ टी) भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रंगमा तथा १२ जीबी +
५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।
यो स्मार्टफोनको प्रि–अर्डर गर्दा ग्राहकहरूले रु. ५,५०० बराबरको विशेष अफर प्राप्त गर्नेछन्, जसअन्तर्गत रेड्मी बड्स टएबिथ (६ प्ले) (मूल्य रु. २,४९९) र साओमी ट्याग (मूल्य रु. २,९९९) निःशुल्क प्रदान गरिनेछ । साथै प्रि–अर्डर २९ मे
देखि ६ जुन २०२६ सम्म खुला रहनेछ । साओमी 17T(१७ टी) को नेपाली बजार मूल्य रु. ८९,९९९ तोकिएको छ ।