तेहरान । अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ। एक्सियोसको रिपोर्ट अनुसार, दुवै देश ६० दिन लामो युद्धविराम विस्तारको समझौताको नकै नजिक पुगेका छन्।
रिपोर्टमा यो समझौताअन्तर्गत स्ट्रेट अफ हर्मुज फेरि खोलिने भएको छ। जसले गर्दा जहाजहरूको आवतजावत सामान्य हुन सक्छ। इरानले यस अवधिमा हर्मुजमा राखिएका बारुदी सुरुङहरू हटाउन सहमत हुन सक्छ।
यसको बदलामा अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाइएको प्रतिबन्धमा खुकुलो बनाउने छ । केही प्रतिबन्धहरू हटाएर इरानलाई तेल बेच्न अनुमति दिन सक्छ।
रिपोर्टअनुसार, प्रस्तावित समझौतामा इरानले कहिल्यै परमाणु हतियार बनाउने प्रयास नगर्ने प्रतिबद्धता जनाउने छ। यसकाा साथै युरेनियम सम्वर्धन कार्यक्रमलाई सीमित गर्ने र उच्च सम्वर्धित युरेनियमको भण्डार हटाउने विषयमा वार्ता हुनेछ।
यो समझौतामा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने कुरा पनि समावेश रहेको बताइएको छ। यद्यपि रिपोर्टमा हिजबुल्लाहले आक्रमण गरेमा इजरायललाई जवाफी कारबाही गर्न अनुमति हुने कुरा उल्लेख गरिने भएको छ।