काठमाडाैँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टसहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गर्न सिफारिस गरेको छ। विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो सातामै सरकारी वकिलको कार्यालयमा बुझाएको जनाएको छ ।
सिफारिस गरिएकामध्ये सुलभ अग्रवाल, सुभी अग्रवाल, शंकरलाल अग्रवाल, शाहिल अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर र सन्दीप चाचान लगायत रहेका छन् ।
विभागका अनुसार उनीहरुविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो कायम गरिएको छ । अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा स्थानान्तरण गरी प्रतिस्पर्धी कम्पनीमा सेयर खरिद गरिएको भेटिएको दाबी गरिएको छ । यता, दिपक भट्ट, साहिल अग्रवाल र हिमालयन रिइन्स्योरेन्ससँग जोडिएको ३५ जनाको बैक खाता रोक्का गरेर थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको अनुसन्धान व्यूरो(सिआइबी)ले जनाएको छ ।