सुन्दर छ साँघु,
बेहुली जस्ताे सजिएकाे
फाकुम्बाले पनि चियाउँदै हेरिरहेकाे,
लज्जावती झै घुम्टाे भित्र मुस्कुराएकाे
आहा प्रकृतिले कस्ताे वरदान दिएकाे!
अल्छे चाैताराे उठेछ,आँखा टाेलाएछ
ढाँणे र ठाडेमा मल्ढेणाे र ऐसेलु फलेछ,
काेप्चे र मेहेलेटार उस्तै उस्तै देखिएछ
तर दमाई गाउँ भने सुनसान भएछ!
मिल्के र गाेरुजुरेमा आकाश गर्जदा
साेलावनमा डरलाग्दो विजुली चम्कदा,
मुसलधारे पानी छिनैमा बर्सदा
मन हवासै उड्याे च्याम्फे खाेला उर्लदा!
काेलडाँडा र पाेखरीटार बीचमा साँघु बजार
उमंगका पाेकाहरु साँचेका छन् हजार,
पारी ताम्राङ बसेकाे छ सधै मित्र बनी
कहाँ कम छ? रिफाईले र मालिङ्गेनी पनि!
कवि: बुद्धिमान परियार