नेपाली उद्यमशीलताको क्षेत्रमा एक नयाँ इतिहास रचिएको छ । 'डगसी च्यु' (Dogsee Chew) का संस्थापक तथा सीईओ भूपेन्द्र खनाल प्रतिष्ठित कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली उद्यमी बनेका छन् ।
यस गौरवपूर्ण क्षणमा उनीसँगै उनकी जीवन र व्यवसायकी साझेदार तथा डगसी च्युकी सीएमओ स्नेह शर्मा पनि सहभागी थिइन् । विश्वभरका दिग्गज कलाकार र व्यक्तित्वहरूको उपस्थिति रहने कान्सको रेड कार्पेटमा नेपाली उद्यमीको यो उपस्थितिले विश्वव्यापी मञ्चमा नेपालको बढ्दो प्रभावलाई झल्काएको छ ।