काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह उठेर हिँडेको विषयमा आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट माग गरेका छन् । संसदबाट स्वास्थ्य अवस्थाका कारण हिँडेको भए स्वास्थ्य परीक्षणको जानकारी गराउनुपर्ने उनको माग छ ।