काठमाडौँ । नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो । उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप छ ।
सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।