काठमाडौँ । विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
रेडमी ए–सेवेन–प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध रहेको छ । यसमा ६।९ इन्चको एचडी डिस्प्ले र ८।१५ मिमी स्लिम बडी रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । साथै, १२०एचजेड सम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले फोन सहज र स्मूथ रूपमा सञ्चालन हुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यस स्मार्टफोनमा ६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ । १५वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एकपटक चार्ज गर्दा करिब २।३७ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
रेडमी ए–सेवेन–प्रो मा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । ठूलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । साथै, यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा रहेको छ । रेडमी ए–सेवेन–प्रो मा ग्राहकको पूर्ण भरोसाका लागि २ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ, भने २ टिबी सम्मको एक्सटेन्डेबल एक्स्टर्नल स्टोरेज सपोर्ट पनि रहेको छ । यो स्मार्टफोन ४ जिबीं६४ जिबी भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा रु। १७,९९९ तोकिएको छ ।