काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
यसअघि राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेका सबै अध्यादेश जारी गरेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनः विचारगर्न सरकारलाई फिर्ता पठाएका थिए ।