काठमाडौँमा । ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०२६’ प्रतियोगितामा एकै स्टेजबाट ४ जना विजेता घोषणा गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित कार्यक्रममा जुनियर र सिनियर समूहका केटा तथा केटी गरी चार विधामा शीर्ष उपाधि प्रदान गरिएको हो । प्रतियोगितामा जुनियर ब्वाइजतर्फ निल वंशल र जुनियर गर्लतर्फ शिवाना पाण्डे विजेता बने । त्यस्तै, सिनियर ब्वाइजतर्फ आर्सुअंश भण्डारी र सिनियर गर्लतर्फ आरिका उप्रेतीले उपाधि जिते । विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रदर्शन गरेका यी विजेताहरूले उपाधिसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरसमेत प्राप्त गरेका छन् ।
जुनियर ब्वाइजतर्फ विश्व झा फस्ट रनरअप, नक्स सरावगी अग्रवाल सेकेन्ड रनरअप, सेरोन थापा थर्ड रनरअप र सौर्य रौनियार फोर्थ रनरअप बने । सिनियर ब्वाइजतर्फ सुर्यान्स श्रेष्ठ फस्ट रनरअप, चिरन गोयल सेकेन्ड रनरअप, सम्वत संसार महर्जन थर्ड रनरअप र सुशान्त राई फोर्थ रनरअप घोषित भए । सिनियर गर्लतर्फ अनुस्का थापा फस्ट रनरअप, अमुल्य पन्त सेकेन्ड रनरअप, यादिमा राई थर्ड रनरअप र सुहाना घिमिरे फोर्थ रनरअप बने । त्यस्तै, जुनियर गर्लतर्फ आश्री आरएल कुवँर फस्ट रनरअप, सिवान्सी थापा सेकेन्ड रनरअप, अदिश्री आचार्य थर्ड रनरअप र सेजल पाण्डे फोर्थ रनरअप भए ।
कार्यक्रम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो । एजेन्सीका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल राज फैजुका अनुसार बालबालिकाको प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा ६ देखि १३ वर्षसम्मका ४५ जना बालबालिकाले सहभागिता जनाएका थिए । कार्यक्रममा सांगीतिक प्रस्तुति तथा आकर्षक कोरियोग्राफी प्रस्तुत गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी राज फैजुले नै गरेका थिए भने पोसाक डिजाइन श्रीषा बैदारले तयार पारेकी थिइन् । काठमाडौँ वल्र्ड स्कुल मुख्य प्रायोजक रहेको यस प्रतियोगिताले बालप्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।