महोत्तरी । मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट बैशाख १९ गते सशस्त्र प्रहरीले ६ हजार ९ स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरको गाडीमा राखी लैजाँदै गरेको ३ सय ४५ कार्टुन स्याउ सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी गण तथा मातहत युनिटले नियन्त्रणमा लिएको हो । बरामद गाडी तथा स्याउ आवश्यक कारवाहीको लागि भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।