काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ३ सय मिलिग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१ घर भएका ३७ वर्षीय समिर श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९८ ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित काठमाडौं बल्खु बस्ने काभ्रे चौरीदेउराली घर भएका २० वर्षीय अविशेख पहरी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
जाजरकोट, भेरी नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने सोही नगरपालिका-२ घर भएका २४ वर्षीय प्रेम खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका-११ कालापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २ हजार १ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विवेक राई र २७ वर्षीय उदित राई रहेका छन् । प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीबिट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ अन्जली मोड बस्ने २८ वर्षीय कन्चन राजबंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ भन्सार मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० नमुना टोल बस्ने २६ वर्षीय गुलाम रसुल मियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ सुन्दरपुर बस्ने २१ वर्षीय रोहित शर्मा र सोही नगरपालिका-४ सुकुम्बासी टोल बस्ने ४३ वर्षीय दिपक श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१ डाँडागाउँ बस्ने २६ वर्षीय सुदिप बिशुङ्खेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र डिकोलिक १ सय ५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० अन्जलीमोड बस्ने ३२ वर्षीय राजु कुमार राजबंशी, अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बस्ने २० वर्षीय सलुन रसाईली र बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय पारस प्रसाई रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-८ गाउजी अमर सामुदायिक बनको गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २० वर्षीय प्रेम कार्की र भीमदत्त नगरपालिका-३ बस्ने २३ वर्षीय बिशाल बिष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय राम धानुकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ गोबरैया नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीया अमृता खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ गोब्रैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय भविन्द्र रोका र २३ वर्षीय दिलिप थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-५ बुद्धनगर बस्ने २३ वर्षीय एलिश थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८० मिलिग्राम सहित बेलबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय मन कुमार राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-२ बिसौनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट सहित सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय बिनोद पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरीले नेपालगंजबाट रूकुम पश्चिमतर्फ आउँदै गरेको ना.४ ख ७७१० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-५ सितलपुर गुलरी पाखास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्राम र नगद ४ हजार ३ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय अंकित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.१ प ७०४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-६ नयाँबस्ती घर भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय सन्तोष पोख्रेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-५ प्रस्र्यालङ नौलो घुम्ती डेरा गरी बस्ने बाग्लुङ घर भएका २५ वर्षीय विपिन नेपालीलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १७ एम्पुल, फेनारगन १ सय १७ एम्पुल र डाईजेपाम १ सय १७ एम्पुल सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-१० पहलमानपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय शंकर भट्ट समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-५ कान्छी बजार बस्ने २५ वर्षीय जिबन भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित इनरूवा नगरपालिका-७ बस्ने २२ वर्षीय श्रवण कुमार उरावलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ राधापुरबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५० ट्याब्लेट र स्पास्मो २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।