काठमाडौं । गायक राजेन्द्र कोली (आरके)को नयाँ गीत ‘यी नजरले रोज्यो तिमीलाई’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत बिहीवार गीत सार्वजनिक भएको हो ।
गीतमा आरकेसँगै गायिका रचना रिमालको स्वर छ । गीतकोे भिडियोको निर्देशक तथा कोरियोग्राफी दिलीप ओखेडाले गरेका छन् । गीतमा ओखेडासँगै मोडल सुनिशा बजगाईंले अभिनय गरेका छन् ।
प्रकाश खड्काजीको सिनेमाटोग्राफी रहेको गीतको सम्पादन मनोज कार्कीले गरेकाछन् । अलंकार स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्जर विशाल निरौला छन् ।