भक्तपुुर । चाँगुुनारायण नगर शिक्षा समितिले २०८२३ साल वैशाख ६ गतेदेखि नगरपालिकाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गरिनेछ । संघीय सरकारको शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्देशन भए पनि स्थानीय स्तरमा पठनपाठन ढिलो हुन नदिन नगरपालिकाले वैशाख ६ बाट नै कक्षा सुरु गर्ने निर्णय गरेको हो ।
विद्यार्थीको पठनपाठनमा असर नपरोस् र शैक्षिक क्रेडिट आवर पूरा गर्न सहज होस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो ।
यसअघि भक्तपुर जिल्लाका अन्य स्थानीय तहमा पनि आइतबार विद्यालय सञ्चालन वा क्यालेन्डरअनुसार कक्षा सञ्चालन सम्बन्धी निर्णयहरू गरिएको छ ।
यससँगै चाँगुनारायणका विद्यालयहरू वैशाख ६ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने भएका छन् ।