भक्तपुुर । अहिले चाँगुुनारायण नगरपालिका क्षेत्रमा सुुगम र व्यवस्थित सहरी योजनाको रुपमा अगाढि बढीरहेको छ । करिब एक दशक अगाडि स्थानीय तहको निर्वाचन हुुुनपूूर्व धुुलाम्ये सडक अहिले पिच भएका छन् । हरेक टोल टोलमा खानेपानी सडक सञ्जाल पुुगेका छन् ।
चाँगुुनारायण बासीलाई अहिले चाँगुुनारायण क्षेत्र साँच्चिकै शहर जस्तो अनुभूति हुने नगरपालिका बनाउन पूर्वाधारको विकासलाई तीव्रता दिएको छ । यस अगाडिको अनकन्टार पहाडी भूगोल रहेको र कठिन भू–भाग धेरै भएको प्रतिकुलताका बाबजुद पनि यो नगरपालिका पूर्वाधार विकासको दृष्टिले यस नगरपालिका उपत्यकाका अन्य नगरपालिका भन्दा अम्बल सावित हुूँदै आएको छ ।
केही वर्षयता नगरपालिकाले सडक, पुल, ढल, खानेपानी सुविधा, सार्वजनिक भवन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधारका लागि उल्लेखनीय लगानी गरेपछि त्यसको नतिजा देखिन थालेको छ । यसले नगरपालिकाको भौतिक स्वरूप त फेरेकै छ, नगरबासीको जीवनस्तर, आर्थिक गतिविधि र सामाजिक पहुँचमा समेत ठूलो बदलाब ल्याइरहेको छ ।
अहिले नगरपालिकाभित्र बस्ती विकास–बिस्तारको गति असाध्यै तीब्र बनेको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यसमा पूर्वाधार निर्माणको सन्तुलन मिलाउने प्रयास गरिरहेको छ । सडक लगायतका कैयौँ पूर्वाधार विकासका आयोजना धमाधम सम्पन्न भइरहेका छन्, कतिपय ठूला पूर्वाधारका आयोजना निर्माण हुने क्रममा छन् । नगरपालिकाले भौतिक संरचना निर्माणमा मात्र सीमित नरहेर कृषि, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा पनि सकेसम्म गुणस्तर कायम भएका र विपद्–प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिएको छ ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँुगुुनारायण नगरािलकामा अहिले सुविधासम्पन्न सहरको रुपमा विकास हुुुँदै गएको बताउनुुभयो ।
त्यसको एउटा उदाहरण खानेपानी पूर्वाधार हो । नगरपालिकाभित्र परम्परागत कुवा, धारा र पँधेरा अझै जीवित छन् । नगरकोट, मुुहान पोखरी लगायतका पानीको स्रोतहरूले नगरबासीलाइ स्वच्छ पिउने पानी र सिँचाइका लागि अतुलनीय योगदान दिएकै छन् । तर शहरीकरणसँगै पानीको माग पनि ह्वात्तै बढेको छ । अहिले नगरपालिकाको धेरै ठाउँमा नगरपालिकाको पहलले पानीको आपूर्ति क्रमशः सहज बनाउँदै लगेको छ । नगरपालिकाले नयाँ पानीका स्रोतहरूको पहिचान गर्दै मेलम्ची खानेपानी आयोजनासँग सहकार्यका माध्यमबाट स्थायी समाधानको तयारी पनि गरिरहेको छ ।