काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो ।
उनीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमै छन् । उनलाई पनि हाजिर जमानतमा छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार दुवैजनालाई आफन्तको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आइपुगेपछि छाडिएको हो ।