काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको हो ।
यस्तै, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।