काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले गाउँपालिकाको वडा नं. ६ स्थित देवीस्थान मेदाम्सुुमा जेष्ठ नागरिक परिचयपत्र वितरण शिविर सञ्चालन गरेको छ । ६० वर्ष उमेर पुुगेका ज्येष्ठ नागपरिकलाई सार्वजनिक सवारी साधन अस्पताल लगायतका सार्वजनिक नियकामा छुुट तथा सौलियतको सेवा सुविधाका लागि सरकारले ज्येष्ठ नागरिक परिचय पत्र दिने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार गाउँपालिकाले गाउँपालिकासम्म आउन नसक्ने ज्येष्ठ नागरिकका लागि वडामा नै शिबिर सञ्चारलन गरी परिचय पत्र वितरण गरेको हो । उक्त शिविरमा गाउँपालिकाका कर्मचारीले ज्येष्ठ नागरिकका लागि आवश्यक कागजात हेरेर स्थलगत रुपमा नै परिचय पत्र बनाइदिनुुका साथै गाउँपालिकाले प्रदान गर्ने सेवासुविधाका बारेमा जानकारी गराइएको थियो । 
गाउँपालिकाले यस अगाडि पनि विभिन्न स्वास्थय शिबिर, राहत वितरण लगायतका कार्यका लागि वडागत रुपमा नै शिबिर सञ्चालन गर्दै आएको थियो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीय सरकार नागरिकको तल्लो तहको सरकार भएकाले नागरिकको सेवाका लािग वडागतरुपमा नै पुुगेर ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गरिएको बताए ।