काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।
यस्तै डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ ।
