काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको हो ।
प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ ।रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्नेछन् ।फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको थियो ।