काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका स्थापित गायक उमाशंकर जोशी र चर्चित गायिका रेखा जोशीको सुमधुर स्वरमा सजिएको नयाँ सांगीतिक कोसेली ‘अब माया कट्टि’ सार्वजनिक भएको छ । गायक उमाशंकर जोशीकै आधिकारिक युट्युब च्यानलमार्फत यस गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा सुदर्शन थापाको शब्द र स्वयं उमाशंकर जोशीको संगीत रहेको छ । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा लोकेश बिसी र पुनम सुनारको अभिनय देख्न सकिन्छ । उमेश बहादुर शाहले छायांकन गरेको यस भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।