नेपाली कांग्रेसको विशेष महाधिवेशनले विशेष महाधिवेशन सञ्चालन कार्यविधि पारित गरेको छ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूबाट पारित कार्यविधिमा महाधिवेशनमा पेश हुने प्रस्ताव, प्रस्ताव पारित गर्ने प्रक्रिया, गणपुरक संख्या, केन्द्रीय निर्वाचन समिति र बाधा अडकाउ फकाउने लगायतका व्यवस्था गरिएको छ ।
भृकुटीमण्डप काठमाडौंमा सोमबार बिहान देखि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ पारित गरेको हो । ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाईएको बिशेष केन्द्रीय महाविधेशनले आफ्नो काम कारवाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, विधानको धारा ५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रे विशेष महाधिवेशन कार्यविधि २०८२ बनाई लागु गरिएको छ,’ कार्यविधिको प्रस्तावनामा भनिएको छ ।