काठमाडाैं । रिटर्नी फेडेरेशनको प्रथम महाधिवेशनमा अहिले सम्म ४ जनाले दावेदारी प्रस्तुत गरेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यमा आउदो चैत्र ११ र १२ गते काठमाण्डौमा केन्द्रीय महाधिवेशन हुदैंछ ।
महाधिवेशन संघारमा आए संगै नेतृत्वसंगेै विभिन्न पदमा आफ्नो दावेदारी पेश गर्नेको संख्या पनि बढदैं गएको छ । पहिलो महाधिवेशनलाई सहमतिमा गर्नुपर्ने प्रतिनिधिको चाहनालाई ध्यानमा राख्दै बाहिर सार्वजनिक गरिहाल्ने अवस्थामा पनि उम्मेदवार देखिएका छैनन ।
यधपि वर्तमान तदर्थ कमिटी अध्यक्ष रहेका चन्द्र बहादुर रोकाहा,बरिष्ठ उपाध्यक्ष उत्तम अधिकारी,उपाध्यक्षहरु विनोद भट्टराई , र शालिक बसेल अबको नेतृत्वमा आउन आन्तरिक तयारीमा रहेको रिटर्नी फेडेरेशनको प्रतिनिधिले जानकारी दिए ।
यसैगरी महासचिवमा पनि ४ जना सम्म हुन सक्ने अनुमान छ जसमा वर्तमान महासचिव लक्ष्मी प्रसाद आचार्य र वर्तमान उपमहासचिव जेपि सापकोटा महासचिव पदमा आउने चाहना प्रतिनिधिहरुलाई देखाईसकेको छन भने अझै कैही दिन बाँकी भएकोले यस पदमा पनि उम्मेदवारी बढन सक्ने बताइएको छ ।
'रिटर्नीको ज्ञान, सीप, पूजी र जाँगर , समृद्ध नेपाल निर्माणको दिगो आधार' भन्ने स्लोगनको साथ नेकपा एमालेको जनसंगठनको रुपमा रिटर्नी फेडेरेशन नेपाल २०७८ पुष १६ गते स्थापना भएको हो ।