काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले श्रीमतीसहित मादुरोलाई नियन्त्रणमा लिइएको र देशबाट बाहिर लगिएको दाबी गरेका हुन् ।
अमेरिकाले राजधानी काराकाससहितका क्षेत्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो ।
उनले लेखेका छन्, ‘भेनेजुएलाविरुद्ध अमेरिकाले सफलतापूर्वक व्यापक आक्रमण गरेको छ र त्यहाँका नेता, राष्ट्रपति निकोलस मादुरोलाई, उनकी श्रीमतीसहित नियन्त्रणमा लिइएको छ र देशबाहिर उडाइएको छ ।’