हेटौंडा । मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रतालाई कायमै राखेका छन् ।
हालसम्म ३९ हजार ४ सय ११ मतगणना मत गणना हुँदा एमालेका उम्मेदवार महेश बर्तौलाले १५ हजार १०९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले १३ हजार ६५७ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुली ५ हजार ७७७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । कूल १ लाख ५० हजार ५७८ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बर २ मा ८६ हजार ६५२ जनाले मतदान गरेका थिए ।