काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । उनले सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फासी नै सही हुने बताएका छन् । उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोखेका छन् । 'तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस् । तथ्य र प्रमाणले साबित गर्नुहोस । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन,' उनले भनेका छन् ।
उनले आफू यस घटनाको निर्दोष पात्र रहेको उनले स्पष्ट पारेका छन् । उनले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताए । 'यो घटनाको निर्दोष पात्र हुँ । मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला,' उनले भने । उनले आफू त फसे, बोलेकै भरमा अरु कोही नफसोस भन्दै अनुरोधसमेत गरेका छन् ।