काठमाडौं । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनाहुँदा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर–१ का शिव श्रेष्ठ रहेको खुलेको छ ।
दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको थियो । ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा दुलहासहित ३२ जना घाइते भएका छन् । तौथलीनजिकै धारावतीमा बस सडकबाट करिब सय मिटर तल खसेको थियो ।