भक्तपुर । चाँगुनारायण नगरपालिकाले वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना निर्माण गरेको छ । नगरपालिकाका प्रमुख प्रमुख जीवन खत्रीले वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गरेका हुन । देशभरका ७५३ वटा पालिकामध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाउने पहिलो भएको दावी गरिएको छ ।
कार्ययोजना सार्वजनिक गर्दै प्रमुख खत्रीले नेपालको संविधान २०७२ को धारा ३० ले सबै नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे बमोजीम चाँगुनारायण नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियान अन्र्तगत वायु गुणस्तर सुधारको लागि पहिलो चरणमा वायू गुणस्तर योजना निर्माण गरी कार्यान्वयनको चरणमा अगाडि बढेको स्पष्ट पारे ।
उनले कुनै पनि योजना वा कार्ययोजना छनौट वा निर्माण गर्दा नागरिकको सहभागिता अनीवार्य हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नगरपालिकाले वायू गुणस्तर कार्ययोजना निर्माणको क्रममा समेत आम नागरिकको सहभागिता कार्ययोजना निर्माण गरिएको बताए । त्यस्तै, नगर प्रमुख खत्रीले सरसफाई नै सभ्यता हो, यही भावना जगाऔं, सबै मिली चाँगुनारायणलाई हराभरा बनाऔं भन्ने नारालाई सार्थक बनाउन योजना कार्यान्वयन गरी स्वच्छ र सफा नगरपालिका बनाउने अभियानमा सबै सरोकारवालाहरुको सक्रिय सहभागिताको लागि आग्रह समेत गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वायू गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने देशभरकै पहिलो पालिका बन्दा अत्यन्तै खुसी भएको बतााए । पन्थीले खानेपानी, वातावरण र फोहोरमैला ब्यवस्थापनमा नगरपालिकाले ब्यापक छलफल गरेर कार्य अगाडि बढाइरहेको बताए ।
वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले चाँगुनारायण नगरलाई स्वच्छ । हराभरा बनाउने अभियानमा जनप्रतिनिधिहरु एकढिक्का भएर लागिरहेको बताउनुहुँदै स्वच्छ हावा परियोजना कार्यान्वयनमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने खाँचो औल्याए ।
नगरपालिकाले कार्ययोजना निमार्णका लागि नगर प्रवक्ता जनक खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले सरोकारवालाहरुसँग ब्यापक छलफल गरि तयार पारिएको कार्य योजना सार्वजनीक गरिएको हो ।
नगरपालिकाकाको २०७९ पुष २४ गते बसेको १६ औं कार्यपालिका बैठकको निर्णय अनुसार वायु गुणस्तर ब्यवस्थापन योजना लागि पाँच सदस्यीय कार्यदल गठन भई कार्य प्रारम्भ गरेको र कार्यदलले विभिन्न चरणमा नागरिक सञ्जाल, ईट्टा उद्योग ब्यवसायी, फोहोरमैला संकलन तथा ब्यवस्थापन गर्ने सेवा प्रदायक संस्था, सार्वजनिक यातायात ब्यवसायी, विद्यालय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र विषयगत शाखा लगायत सरोकारवाला ब्यक्ति तथा संस्थाहरुसँग बैठक, समूहगत छलफल र अन्र्तक्रिया लगायतका कार्य गरी जनस्तरबाट राय सुझाव संकलन गरेर कार्ययोजना निर्माण गरिएको मेयर खत्रीले स्पष्ट पार्नुभयो । चाँगुनारायण नगरपालिका क्षेत्रको वायू गुणस्तर सुधारको लागि यूएसएआईडी स्वच्छ हावा परियोजना र वातवारण तथा जनस्वास्थ्य संस्था एन्फोको सहयोगमा नगरपालिकाको वायू गुणस्तर योजना २०८० तयार पारिएको हो ।
नगरपालिकाले तीन वर्षे वायू गुणस्तर योजनालाई कार्यान्वयन गर्न आफ्नो आन्तरिक स्रोत साधनको साथै सहयोगी संघंस्थाहरुको सहयोगलाई समेत जोडेर योजना कार्यान्वयनको चरणमा अगाडि बढ्नेछ ।