काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्य र महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्य र महालेखापरीक्षकमा रायालाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले रायालाई नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।