काठमाडौं । लोकदोहोरी गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘टाटा बाई बाई छ’ सार्वजनिक भएको छोटो समयमै दर्शक रुचाएका छन् । मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको ‘टाटा बाई बाई छ’ गीत यो समाचार तयार पार्दासम्म एक लाख भन्दा बढी पटक हेरिएको छ भने गीत ‘ट्रेण्डिङ’मा उक्लिएको छ । नरेश खातीको शब्द सिर्जना र संगीत रहेको ‘टाटा बाई बाई छ’ गीतमा नरेश खातीसँगै संगीता चौधरीको आवाज रहेको छ ।
उक्त गीतको म्युजिक भिडियोमा नरेश खाती, कविता न्यौपाने, गोविन्द विवश र दिक्षा घिमिरेको अभियन रहेको छ । म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन्, भने सम्पादन मनोज कार्कीले गरेका छन् ।