काठमाडौं । प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेशसभा बैठकबाट मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । उनले ६१ मत पाएका हुन् । बैठकमा सहभागी ६१ जनामा सबैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । उनको विपक्षमा शून्य मत पर्यो ।
सभामुख रामचन्द्र मण्डलले उनले प्राप्त गरेको मत आवश्यक बहुमत (५३) भन्दा धेरै रहेको जनाउँदै विश्वासको मत पाएको घोषणा गरे । बैठकलाई प्रतिपक्ष दलहरू नेपाली कांग्रेस, जनमत पार्टी, लोसपाले बहिस्कार गरेका थिए ।