काठमाडौं । डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छन् । जिल्ला अस्पताल धादिङमा कार्यरत ३४ वर्षीया धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत फेला परेकी हुन् ।
उनी केही दिनअघि घर बिदामा काठमाडौं आएकी थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले उनलाई वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए ।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिइन ।