काठमाडाैं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मधेश प्रदेशले केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार पोखरामा भएको खेलमा आर्मीलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी-२० को क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको हो । मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मी निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रनमै समेटियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । यस्तै, विवेक यादवले २५ र सोमपाल कामी १६ रनमा अविजित रहे । यस्तै, भीम शार्कीले २२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५ र राजेश पुलामीले ३ रन जोडे ।
मधेश प्रदेशका हरिशंकर साहले सर्वाधिक ४ विकेट लिए । यस्तै, प्रदिप पासवानले २ तथा प्रथिक यादवले १ विकेट लिए । यसअघि सुरुमा व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रनको योगफल तयार पारेको थियो । मधेश प्रदेशका लागि विशाल पटेल ४९ रनमा अविजित रहे ।
यस्तै, कप्तान हरिशंकर साहले २७, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १० तथा इम्रान शेषले ८ रनकव योगदान दिएका थिए । बलिङतर्फ विवेक यादव र साहब आलमले समान ३-३ विकेट लिँदा सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए ।