जाजरकोट । नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा ११ सय स्वयंसेवक खटाएको छ । कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रका १ हजार र प्रदेशका १ सय गरी ११ सय स्वयंसेवक खटिएका हुन् ।
जसमध्य जाजरकोटमा ७ सय र रुकुमपश्चिममा ४ सय स्वयमसेवम परिचालन हुने पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।एमालेका जनसंगठनहरु जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरु प्रभावित क्षेत्रमा पुगरे काममा जुटेको उनले बताए ।

केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरुलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समुहमा विभाजन गरिएको छ । जसअनुसार भेरी नगरपालिका ३ माथिल्लो थाप्ले क्षेत्रमा पार्टीका पोलिटब्युरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा जिफन्टले १ गते देखि नै काम गरिरहेको छ ।
त्यसैगरी पिपलडाँडा क्षेत्रमा केन्द्रीय उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकाय नेतृत्वमा अनेरास्ववियुको समुह परिचालन भएकोे छ । पार्टी केन्द्रीय विपद व्यवस्थापन कमिटीका प्रमुख किरण पौडेल, पार्टी केन्द्रीय सदस्य निरज आचार्य लगायतको समुहले भेरी नगरपालिका १ रिम्नाबाट काम सुरु गरेको छ । मोहन बडुवा नेतृत्वको प्रदेश कमिटीको समुहले पनि रिम्नामै काम गरिहेको छ । भेरी नगरपालिका १ रावतगाउँ, पिपे, मैदे, चौर, रिम्ना, नलगाड नगरपालिका १ को चिउरी, पालि, कल्पत वडा नं ३ को कट्के, करुवा चाउलेचौर, टट्टा वडा नं ५ को ऐरारी, चारगाउँ वडा नं ६ को थाप्ला, चारगाउँ वडा नं ७ को चामखेत लगायतका क्षेत्रमा विभिन्न समुह खटिएका छन् ।
त्यसैगरी इपिसेन्टरको रुपमा रहेको बारेकोट गाउँपालिकाको सिर्पाचौर, लिम्सा, बयाला, काउली, रामिडाँडा, जिरी लगाएका ठाउँमा छुट्टााछुट्टै समुह बनाएर पहिलो चरणमा जोखिममा रहेका संरचनाको भग्नावशेष हटाउने काम भइरहेको पार्टी केन्द्रीय सदस्य तथा केन्द्रीय विपद व्यवस्थापन कमिटी प्रमुख किरण पौडेलले बताए । उनका अनुसार कुशे गाउँपलिका र जुनिचाँदे गाउँपालिकामा भोलि सम्ममा स्वयंसेवक पुग्नेछन् ।

एमालेले स्वयमसेवकले ५ हजार कार्यदिनमा १ करोडभन्दा बढी मुल्यको श्रम गर्नेछ । हजारौं टहराहरु बनाएर नागरिकहरुलाई न्यानो बसाइँको व्यवस्था गरेर आफुहरु फर्किने पौडेलको भनाई छ । भूकम्पका कारण जाजरकोटका नलगाड, भेरी, कुशे र रुकुम पश्चिमका आठबिसकोट र सानीभेरी गाउँपालिका बढि प्रभावित स्थानीय तह हुन् ।