ललितपुरको दक्षिण भेगमा रहेको मनोरम प्राकृतिक वातावरणयुक्त कोन्ज्योसोम गाउँपालिकामा १७ वटा सामुदायिक र एउटा निजी विद्यालय छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कृष्णमान लामा शैक्षिक गुणस्तर कायम गर्न प्रतिबद्ध रहँदै आउनु भएको छ । लामा निर्वाचित भएदेखि नै कोन्ज्योसोम गाउँपालिकालाई शैक्षिक हब बनाउने योजनासहित वीग स्कूलको अवधारणा कार्यान्वयन गर्दै हुनुहुन्छ उनै कृष्णमान लामासँग हाम्रा संवादताले गर्नुभएको कुराकानीको सार संक्षेप ।
- अबको ८ देखि १० वर्षसम्मा पछि यो वीग स्कूल अनुसन्धान केन्द्रको रुपमा विकास हुनेछ ।
- विद्यालयभित्र शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारीले पूर्णरुपमा विद्यालमा आफ्नो स्वामित्व भएको महशुस गर्नेछन् ।
- विद्यालयभित्र कुनै राजनीतिक गन्ध वा रङ्गको महशुस हुने छैन् ।
- वीग स्कूल सो क्षेत्रको अभिभावक स्कूल हुनेछ ।
- स्कूलमा छात्रबाससहित विपन्न समुदायका विद्यार्थीले पूर्णत निशुल्क अवास सहितको सुविधा पाउनेछन् ।
- वीग स्कूलबाट उत्पादित विद्यार्थी नमूनाको रुपमा काबिल विद्यार्थीको रुपमा निस्कनेछ उसले जुनसुकै विद्यार्थीसँग सहजै प्रतिस्पर्धा गर्न सक्नेछन् ।
- गाउँबाट सहरमा पढ्न गएका विद्यार्थी वीग स्कूल सञ्चालनमा आएपछि गाउँमै फर्केछन् ।
तपाईले प्रारम्भदेखि नै वीग स्कूल भन्दै आउनु भएको छ वास्तवमा वीग स्कूल भनेको के हो ?
शाब्दिक अर्थमा वीग स्कूल भनेको ठूलो वा वृहत्तर विद्यालय नै वीग स्कूल हो तर ठूलो भन्दैमा भौतिक पूवाधार मात्र ठूला भएर र विद्यार्थी मात्र धेरै भएर वीग स्कूल हुने होइन । यो त एउटा छुट्टै खालको मौलिकता आफ्नै विधि, विधान भएको विद्यालय नै वीग स्कुल हो । वीग स्कूलमा भौतिक रुपमा ठूलो देखाउने भन्दा पनि विद्यालयको वातावरण, विद्यालयको शैक्षिक उपलब्धि, राम्रो भएको विद्यालय र नमूनाको रुपमा समुदायको स्वामित्व भएको विद्यालय नै वीग विद्यालय हो । यो विद्याालय व्यवस्थापनका दृष्टिले शैक्षिक गुणस्तर जनशक्ति, पूर्वाधार र विद्यालयको सिकाइ उपलब्धि र अभिभावक, विद्यालयका र शिक्षक लगायतका सबै सन्तुष्ट भएको विद्याय हो । अहिलेका विद्यालयमा भने जसका लागि राज्यले लगानी गरेको छ त्यसबाट सन्तुष्ट हुने अवस्था छैन् । तर वीग विद्याय हुने बित्तिकै राज्यले जुनरुपमा गरेको लगानी छ सो सहि सदुयोग हुनेछ । विद्यालयका विद्याथीर्, अभिभावक, समुदाय लगायत सबै सरोकारवाला पक्ष सन्तुष्ट हुनेछ । व्यवस्थापनका दृष्टिपनि वीग विद्यालय आसपासमा भएका अन्य साना विद्यालयलाई पनि उक्त वीग विद्यालयले निर्देशित गर्छ । उक्त विद्यालयबाट शैक्षिक गुणस्तर निर्धारण गर्छ त्यस्तो विद्यालय एउटा वडामा एउटमा मात्र बनाउन सकियो भने पनि शैशिक गुणस्तर कायम गर्न सकिन्छ । वीग विद्यालय भनेको त्यस क्षेत्रको अभिभावक विद्यालय हो । विग विद्याय बनेपछि समुदाय, र अभिभावकले हेर्ने दृष्«दृष्ट्रिकोणमा सकारात्मक परिवर्तन आउँछ । विद्यालयमा विशुद्ध शिक्षक मात्र हुनेछन् । विद्यालय भित्र कुनै राजनीतिक हुनेछैन् । विद्यालयमा छुट्टै मौलिकता हुनेछ । तालिम प्राप्त विषयगत शिक्षक हुन्छ्न् । सेवा सुविधाका दृष्ट्रिले आधारभूत रुपमा चाहिने सेवासुविधा विद्यालयका भौतिक पूर्वाधार र छाात्राबासको व्यवस्था हुनेछ । गरिब र निमुखा अभिभावकका विद्यार्थीीलाई भने निःशुक्क छात्राबास र खानाका समेत व्यवस्था हुनेछ । वीग विद्यालय सबै पक्षका साथ र सहयोगमा सञ्चालन हुनेछ । सबैले आफनो विद्यालय भएको महशुस गर्नेछ । 
वीग विद्यालय बनाउनका लागि कोन्ज्योसोम गाउँपालिकाले अहिले के काम गर्दै छ ?
विद्यालयको शैक्षिक र भौतिक गुणस्तर कायम गर्ने कुरामा हामी कुनै कन्नफ्युजमा छैनौं हामी एकदम प्रष्ट छौं । अहिले हामीले एक सरो सबै विद्यालयको अनुगमन गर्ने काम सम्पन्न गरेका छौं । त्यसपछि विद्यालयको प्र.अ, अभिभावक शिक्षक, राजनीतिक दलका साथीहरु, व्यवस्थापन समिति र जनप्रतिनिधि सँग वीग विद्यालयको अवधारणाको बारेमा छलफल गरेका छौं । उक्त छलफलको निष्कर्ष भनेको तीन जना विद्यार्थी भएका विद्यालयमा पाँच जना शिक्षक राखेर शैक्षिक गुणस्तर कायम हुन सकिदैन भन्ने हो । ती विद्यार्थीले पढ्न पनि पाउँनुपर्छ शिक्षक साथीहरुले योग्यता र क्षमता अनुसार काम पनि गनुपर्छ त्यसका लागि सो सबै काम वीग विद्यालयबाट संभव छ भन्ने कुरामा सबै जना करिब सहमत भएका छौं ।
विग विद्यालय बनाउने क्रममा कतिपय विद्यालका कक्षा घटाउनुपर्ने हुन्छ त कतिपय विद्यालयका कक्षामा बढाउनुपर्ने हुनसक्छ त्यसका लागि हामीले सहयोगी संस्थासँग मिलेर विद्यालयमा चेतनाको अभिबृद्धि गर्ने, व्यवस्थपन समिति, प्र.अ शिक्षक, अभिभावकसँग समन्वय र सहकार्य गर्ने काम भइरहेको छ । पहिलो चरणमा हामी सरोकारवालाई तालिम प्रदान गछौं र त्यसपछि विद्यालयलाई चाहिने आधारभूत शैक्षिक पूर्वाधार तयार गरी उक्त विद्यालयलाई नमूनाको रुपमा छनोट गर्छौ । अबको तीन वर्षमा अहिले वीग स्कुलका लागि छानिएको विद्यालयहरुलाई अब बोडिङ्ग स्कुलमा पढ्न जानुपर्छ भन्ने अवस्थाको अन्त्य गछौं । 
वीग स्कूल बनाउका लागि अहिले भएकै जनशक्तिले पुग्छ की थप गर्नुपर्छ ?
जनशक्ति हामीसँग पर्याप्त छन् । कुनै जनशक्ति बाहिरबाट हायर गरेर ल्याउनुपर्दैन् । शिक्षकसँग भएको क्षमतालाई पर्याप्तरुपमा उपयोग गर्न सकिएको छैन अब चाहि वीग स्कूल भएपछि शिक्षकसँग भएको क्षमतालाई पूर्णरुपमा सदुपयोग हुन्छ । शिक्षकलाई थप क्षमता अभिवृद्धि गर्दै जाने योजना पनि बनाउनुर्छ । विद्यालय भित्रको बातावरण पूर्णरुपमा विद्यालय जस्तो हुन्छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि वीग विद्यालय बनाउने योजना समावेश गरेका छौं । गाउँपालिका भित्र कम्तिमा तीनवटा न्यूनतमरुपमा वीग विद्यालय बनाउँछौं र संभव भयो भने हाम्रो कार्यकालसम्मा पाँचवटा स्कूललाई वीग विद्यालय बनाउने योजना छ । प्रत्येक वडाको कम्तिमा एउटा विद्यालयलाई वीग विद्यालय बनाउने अहिले गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय छन् । एउटा नीजि विद्यालय पनि छ । वीग स्कूलका लागि सरोकारवालाको बुझाइ अझ प्रष्ट भएका छैनन । अहिले क्रमिक रुपमा शिक्षक र अभिभावक प्रष्ट हुँदैछन् । वीग स्कूलमा पढाउँने शिक्षकलाई सोही अनुसारको सेवा सुविधा प्रदान गर्दै जान्छौं । आवश्यकता अनुसार होस्टेलको पनि व्यवस्था गछौं । मेहेनत अनुसार शिक्षकको मल्याङ्क हुनेछ । अहिले गाउँपालिकाका भित्रै भएका शिक्षकसँग पर्याप्त रुपमा ज्ञान र सिप छ यदि वीग स्कूल सञ्चालन गर्ने क्रममा विषय विज्ञ आवश्यक पर्यो भने बाहिरबाट पनि जनशक्ति हायर पनि गर्न सकिन्छ ।
वीग विद्यालय बनाउने क्रममा नजिका आसपासका पालिकासँग पनि समन्वय गर्नुपर्छ की एक्लै अगाडि बढ्ने हो ?
छिमेकी पालिकासँग पनि छलफल त अगाडि बढाउनुपर्छ तर अहिले अरुले के गर्दैछन् भनेर हामीले त्यति धेरै अन्य पालिकासँग समन्वय गरेका छैनौं । पहिलो चरणमा हामी हाम्रै पालिकाभित्र केन्द्रीत भएर वीग विद्यालय अगाडि बढाउँछौं । हामी हाम्रै पालिका भित्र गुणस्तरीय शिक्षा छ भन्ने विश्वास दिलाउँछौं । अहिले वीग स्कूल दश जोर दुईसम्म सञ्चालन गर्र्छौं । अहिले आधारभूत तहदेखि शुरु गर्नुपर्ने भएकाले पूर्णरुपमा मूल्याङ्कन गर्न चाहि करिब दश वर्ष लाग्छ तर हाम्रा वीग स्कूलमा पढेर गएका विद्यार्थी जुनसुकै विद्यालयका विद्यार्थीसँग पनि सहजै प्रतिस्पर्धा गर्न सक्ने हामी बनाउने छौं । हाम्रो वीग विद्यालयमा पढेका विद्यार्थीले कुनै न कुनै शिप हासिल गरेकै हुन्छन् ।
वीग विद्यालयमा पढेका विद्यार्थी व्यावसायिक पनि बन्दै जान्छकी जाँदैनन् ?
विद्यार्थीसँग पढ्दा पढ्दै शिप विकास भएको हुनेछ । विद्यार्थी क्रमिकरुपमा नमूनाको रुपमा समेत निष्कनेछन् । दश जोर दुई पास गरेका विद्यार्थी जुनसुकै सेक्टर जाँदा पनि ऊ काविल विद्यार्थीको रुपमा अगाडि आउनेछ ।
वीग विद्यालयकै अवधारणा चाहि कहाँबाट ल्याउनुभयो ?
म पनि हिजो शिक्षा क्षेत्रमा नै काम गर्थे । हामीले अहिले पनि पढाउँदा परम्परागतरुपमा कर्मकाण्डी रुपमा मात्र पढाउँदै आएका छौं । विदेशमा जाँदा पनि त्यहाँको शैक्षिक वातावरण अध्ययन गर्दा पनि जबसम्म शिक्षालाई सीप र व्यावसायसँग लागि जोड्न सकिदैन तब शिक्षा शिक्षा नै हुन सक्दैनन् । वीग भन्ने वित्तिकै ठूलो भन्ने त भइहाल्यो । जहाँनेरबाट ठूलो भन्ने हुन्छ त्यहाँ सेवा सुविधा र शैक्षिक गुणस्तर पनि ठूलै हुन्छ भन्ने सोचाइबाट वीग स्कूलको अवधारणा आएको हो । अबको ८ देखि १० वर्षसम्मा पनि यो वीग विद्यालय अनुसन्धान केन्द्रको रुपमा विकास हुनेछ । तीनवटै तहले शिक्षालाई सयोग गर्दै जानुपर्छ ।अहिले हामीले वीग स्कूलको लागि लिखितरुपमा नै डकुमेन्ट तयार भइ कार्यान्वयन गर्ने गृहकार्यमा छौं । विग विद्याय सञ्चालन भएपछि सहरमा पढ्न गएका विद्यार्थीलाई गाउँमै फर्काउने छन् । वीग स्कूल पूर्णत विद्यालय जस्तो हुनेछ । विद्यालयभित्र शिक्षक,विद्यार्थी अभिभावक व्यवस्थापन समितिका पदाधिकारी सेवा सविधा सहजै पाउनेछ । विद्यालय पूर्ण त सिक्ने ठाउँ हुनेछ त्यहाँ राजनीतिक गर्ने थलो बन्ने छैन् । साँञ्चै आम नागरिकलाई विद्यालय सिक्ने ठाउँ हो भन्ने महसु गराउनेछौं ।