जाजरकोट । जाजरकोट भुकम्प प्रभावितहरुको खोज, उद्धार तथा पुनःनिर्माणमा लागि नेकपा (एमाले)को केन्द्रीय विपत व्यवस्थापन टोली जाजरकोट जिल्ला सदरमुकाम खलंगा पुगेको छ ।
पार्टीको केन्द्रीय केन्द्रीय विपत व्यवस्थापन विभाग प्रमुख किराण प्रौडेल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको नेकपा (एमाले) कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।

अध्यक्ष शाहकाअनुसार भुकम्पले भग्नावशेष भएका वस्तीहरुको खोज, उद्धार र अस्थायी घर/टहरा निर्माण गर्न एमाले पौडेल नेतृत्वको केन्द्रीय टोली र अन्य प्रदेशका स्वयम्सेवक टोली जाजारकोट पुगेको हो ।
‘हाम्रो पार्टी नेकपा (एमाले)ले केन्द्रको निर्णइ अनुसार जाजरकोट भुकम्पबाट क्षतीग्रस्त रुकुमपश्चिम र जाजरकोट जिल्लाका भौतिक पूर्वाधार, निजि आवास तथा बाटोघाटो पञ्छाउने र खुला आकाशमा बसेका भुकम्प पिडितहरुको अस्थायी घर तथा टहरा निर्माण गर्ने काममा खटिएका स्वयम्सेवक कामरेडहरुलाई जाजरकोटमा स्वागत गर्ने काम भयो’, अध्यक्ष शाहले थपे, ‘आज शनिबार पानबहादुर जिसीको नेतृत्व्मा गण्डकी प्रदेशको २८ जनाको टोली, मिनबहादुर सिंहको नेतृत्वमा ३० जनाको सुदूरपश्चिको टोली, किरण पौडेलको नेतृत्वमा केन्द्रीय टोली, गंगा तिमिल्सीनाको नेतृत्वमा २७ जनाको कर्णाली प्रदेशको टोलीलाई जाजरकोटमा स्वागत गरेर प्रभावित क्षेत्रमा खटाउने काम भएको छ ।’
पार्टी केन्द्रको निर्णय अनुसार मोहन बडुवालको नेतृत्व मा २५ जना यज्ञ ढकालको नेतृत्व मा ११ जना, कबिन्द्र केसीको नेतृत्वमा १८ जना स्वयम्सेवक कर्णाली प्रदेशबाट थप स्वयम्सेवक प्रभावित क्षेत्रमा पुगेको नेकपा (एमाले) केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
पार्टी केन्द्रको निर्णय अनुसार भग्नावशेष हटाउन, अवरुद्ध बाटो पञ्छाउने, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा बनाउने कामका लागि एमालेले कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिम जिल्लामा ११ सय स्वयम्सेवक परिचलान गर्ने निर्णय गरेको छ ।

पार्टीको मजदुर संगठन ट्रेटयुनियमन महासंघ (जिफण्ट)ले केन्द्रबाट एक सय सदस्यीय टोली मंसिर १ गते देखि नैं परिचलान गरिसकेको संगठनका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उक्त टोलीले मंसिर १ गते भेरी नगरपालिका वडा नम्बर ३ माथिल्लो थाप्लेबाट काम शुरु गरिरहेको छ ।

एमालेले परिचालन गरेको ११ सय स्वयम्सेवकहरुले १५ दिनसम्म भुकप्म प्रभावित क्षेत्रमा खटेर खोज, उद्धार र पुनः निर्माणको काम गर्ने कर्णाली प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।