काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलका दुई नयाँ फोन 'पोभा ५' र 'कमोन २०' नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन् । टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली बजारमा भित्र्याएको जनाएको छ ।
पोभा मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा ५ विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरूले निकै रुचाउनेमा वितरक कम्पनीले आशा राखेको जनाएको छ । ८+८ जिबिको र्याम, १२८ जिबिको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जर सहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिने बिक्रेताको दाबी छ ।
६००० एमएएचको ब्याट्रीका साथ आउने पोभा ५ को डिस्प्ले ६.७८ इन्चको रहेको छ । यसमा जडित 'भ्यापर च्याम्बर' ले फोन नतात्ने र ६ एनएम प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ। ५० मेगा पिक्सेलको एच डी डुअल रेअर क्यामेरा पोभा ५ मोबाइलको अर्को आकर्षक फिचर हो ।
त्यसैगरी, फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरूको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, कमोन २० मोबाइल । ६४ मेगा पिक्सेलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सेलको एआई सेल्फी क्यामेराको साथमा कमोन २० आकर्षक ७.८ मिमि पातलो डिजाइनमा उपलब्ध छ । ६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो। कमोन २० को ५००० एमएएच को ब्याट्री र ८+८ जीवी र्यामले प्रयोगकर्तालाई अभूतपूर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ ।