काठमाडौं । नेकपा (एमाले)का मासचिव शंकर पोखरेलले जाजरकोट भुकम्प पीडितहरुका अस्थायी घर/टहरा निर्माण गर्न पार्टीले खटाउने स्वयमसेवकहरुको परिचलान मंसिर १ गते (भोली)देखि हुने बताएका छन् । भुकम्प प्रभावित क्षेत्रको स्थगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा महासचिव पोखरेलले घरबार बिहिन भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका भुकम्प प्रभावितहरुलाई जतिसक्यो सुरक्षित आवासमा सार्न पार्टीका तर्फबाट खटाइने स्वयमसेवकहरुले भुकम्प प्रभावित क्षेत्रमै गएर मंसिर १ गते सुक्रबार देखि काम थाल्ने बताएका हुन् ।
‘कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले घरबार बिहिन बनेका भुकम्प पिडितहरु खुला आकाशमा कष्टकर जीवन बिताईरहनु भएको छ । राहतका नाममा विभिन्न निकायबाट संकलन भएका राहत सामाग्रीहरु एकद्धार प्रर्णालीबाट वितरण गर्ने भन्दै सदरमुकाममा थन्काउने काम भैरहेको छ’ लुम्बनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले भने, 'भुकम्प पिडितका आस्थायी घर टहरा निर्माण गर्नका लागि पार्टीले परिचालन गर्ने एक हजार स्वयमसेवकमध्ये पार्टीका पोलिटव्यूरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेड युनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयमसेवकहरुले भोली मंसिर १ गतेदेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम सुरु गर्नेछ ।’

भुकम्प पीडितहरुका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिहरुबाट सत्ता र शत्तिको चरम दुरुपयोग भएको आरोप लगाउंदै महासचिव पोखरेलले कर्णालीमा भएको प्राकृतिक विपत्तिमा सबै क्षेत्रका नागरिकको साथ र सहयोग छ भन्ने सन्देश प्रवाह गर्नकै लागि पनि पार्टीका ९ वटै प्रदेश कमिटीहरुको प्रतिनिधित्व हुने गरी एक हजार स्वयमसेवक परिचलान गर्न लागेको जानकारी दिए ।
छलफलमा एमाले उप–महासचिव विष्णु रिमालले भुकम्प प्रभावित क्षेत्रका नागरिकहरुको अस्थायी घर टहरा निर्माणको काममा नेपाली सेनालाई परिचलान गर्न सकेको खण्डमा मितव्ययी र प्रभावकारी हुने बताए । केहि वर्ष अघि तराईको बारा र पर्सा जिल्लामा गएको आँधी हुरी प्रभावितहरुको आवास निर्माणको जिम्मा पाएको नेपाली सेनाले सबैभन्दा छरितो र प्रभावकारी ढंगले काम सम्पन्न गरेको उल्लेख गर्दै उप–महासचिव रिमालले जाजरकोट भुकम्प प्रभावितहरुका लागि सरकारले दिने भनिएको ५० हजार राहत रकमबाट अस्थायी घर/टहरा निर्माणको काम नेपाली सेनालाई दिंदा प्रभावकारी बताए ।
भुकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै एमाले केन्द्रीय सदस्य निरज आचार्यले भुकम्प प्रभावितहरुलाई राहत वितरण एकद्धार प्रर्णाली बाट गर्ने नाममा सत्तापक्षिय राजनीतिक दलका नेताहरुले चरम विभेद गरेको आरोप लगाए ।
‘जिल्ला सदरमुकाममा राहत थुप्रीएर बसेको छ । गाउँमा भुकम्प पिडित नागरिक खाली पेटमा खुला आकाशमुनी बस्न बाध्य छन्’ केन्द्रीय सदस्य आचार्यले भने, ‘बहालवाला मन्त्री र सत्तारुढ दलका नेताहरुले आफूपक्षीय जनपतिनिधिमार्फत आफ्ना पार्टीका कार्यकर्तालाई छानेर राती राहत समाग्री वितरण गर्ने गरेका कारण वास्तविक भुकम्प पीडित नागरिक समस्यामा परेका देखिन्छन् ।’
जाडोका कारण अहिलेसम्म चार जना भुकम्प पीडितको ज्यान गइसकेको उल्लेख गर्दै आचार्यले जाजरकोट र रुकुमपश्चिम जिल्लाका भुकम्प प्रभावितहरुलाई मंसिर महिना भित्रै खुला आकाशबाट सुरक्षित अस्थायी आवासमा सार्न नसके हिउँदको चिसोमा थुप्रै वाववालिका र वृद्धवृद्धाहरुको ज्यान जोखिममा रहेको बताए ।
छलफलमा एमाले कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख सूर्यमणी गौतमलगायतको टोलीले भुकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा पार्टी नेताहरुलाई जानकारी गराए ।
सय सदस्यीय एमाले केन्द्रीय फोर्स जाजारकोटमा
जाजरकोटमा भुकम्प प्रभावितहरुको खोज, उद्धार तथा पुनःनिर्माणमा लागि नेकपा (एमाले)को एक सय सदस्यीय स्वयमसेवक टोली जाजरकोट जिल्ला सदरमुकाम खलंगा पुगेको छ । भुकम्पले भग्नावशेष भएका वस्तीहरुको खोज, उद्धार र अस्थायी घर/टहरा निर्माण गर्न एमाले पोलिटव्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय केन्द्रीय फोर्स भुकम्प प्रभावित क्षेत्र पुगेको हो ।
पार्टी केन्द्रको निर्णय अनुसार भग्नावशेष हटाउन, अवरुद्ध बाटो पञ्छाउने, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा बनाउने कामका लागि जाजरकोट पुगेको स्वयम्सेवक टीम (भोली) मंसिर एक गतेदेखि परिचालन हुने टोलीको नेतृत्व गरेका पार्टीका पोलिटव्यूरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेडयुनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
‘एमालेको एक सय सदस्यीय केन्द्रीय फोर्स भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ’ नेता श्रेष्ठले भने, ‘भुकम्प प्रभावित क्षेत्रको खोज, उद्धार र अस्थायी आवास निर्माणको काममा दुई सय जना स्वयम्सेवकको टोलीले भोली मंसिर १ गते भेरी नगरपालिका वडा नम्बर ३ माथिल्लो थाप्लेबाट काम शुरु गर्नेछ ।’
एमालेको स्वयमसेवक टोलीले पहिलो काम भग्नावशेष पञ्छाउने, बन्द भएका बाटोघाटोहरु खुलाउने, खुल्ला आकाशमुनी बसेकालाई सुरक्षित आवासमा सार्ने, अस्थायी सौचलाय निर्माण गर्ने काम गर्ने टोली नेता श्रेष्ठले जानकारी दिए । पार्टी केन्द्रको निर्णय अनुसार १५ दिनसम्म स्वयमसेवकले भुकम्प प्रभावित क्षेत्रमा निरन्तर काम गर्ने छन् । श्रेष्ठका अनुसार अन्य स्वयमसेवक केही दिनमा जोडिदै जानेछन् ।
एमालेले २३ वटा जनसंडगठनबाट ४ सय, प्रदेश सम्पर्क किमिटबाट एक सय, लुम्बीनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५÷२५, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ ।